चितवन, असार ४ :

भरतपुर महानगरपालिकाले  २९ वटा  विषयगत  सहकारीसंस्था  खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९  विषयगत सहकारी संस्था खारेज गरिएको हो ।  

भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले  नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेस नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिए । महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त  सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् ।