ललितपुर, असार २ :
ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर चौथो तलाबाट खसेका १८ वर्षिय आर्यन सिंहको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटना लगत्तै उनलाई तत्कालै उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझे साढे ६ बजेतिर मृत्यु भएको बताइएको छ ।
स्कुलको सीसीटीभी फुटेजमा समेत उनले हामफालेको देखिएको हुँदा आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’