.webp)
विश्वकपमा पहिलो पटक सहभागी भएको सानो अफ्रिकी राष्ट्र केप भर्डेले बलियो दाबेदार स्पेनसँग ०–० को बराबरी खेलेको छ।
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन ।
केप भर्डेका प्रशिक्षक पेड्रो लेइटाओ ब्रीटोले भने "यो हाम्रो देशका लागि सबैथोक हो। हामीले सधैं विश्वलाई हाम्रो देश र टोली देखाउन चाहेका थियौं। आज हामीले संगठन, साहस र संघर्षमाथि विजय हासिल गर्ने हाम्रो राष्ट्रिय चरित्र प्रमाणित गरेका छौं।"
हालको युरोपियन च्याम्पियन स्पेन प्रतियोगिता जित्ने प्रमुख दाबेदारमध्ये एक मानिएको थियो। खेलअघि स्पेन स्पष्ट रूपमा फेभरेट थियो, तर उसले ४० वर्षीय केप भर्डेली गोलकिपर र अनुशासित रक्षापंक्तिलाई भेद्न सकेन। स्पेनका स्टार खेलाडीहरूले लगातार दबाब सिर्जना गरे पनि केप भर्डेको रक्षाले हरेक प्रयासको प्रभावकारी जवाफ दियो।
दोस्रो हाफमा मैदान प्रवेश गरेका स्पेनका चर्चित युवा खेलाडी ल्यामिने यामलले पनि खेलको दिशा परिवर्तन गर्न सकेनन्।
अन्तत खेल गोलरहित बराबरीमा सकियो र अन्तिम सिटी बज्नासाथ रंगशालाभित्र केप भर्डेका खेलाडी, समर्थक र प्रशिक्षक टोलीले ऐतिहासिक उपलब्धिको खुसीमा भावुक उत्सव मनाए।
यो नतिजा विश्वकप इतिहासका सबैभन्दा स्मरणीय अप्रत्याशित उपलब्धिमध्ये एकका रूपमा हेरिएको छ।
यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।