बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

ललितपुर महानगरपालिकाद्वारा ई- चलान प्रणालीको शुभारम्भ

जरिवाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ असार, २०८३ मा प्रकाशित
ललितपुर महानगरपालिकाद्वारा ई- चलान प्रणालीको शुभारम्भ
काठमाडौं, असार १ :

ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई- चलान प्रणालीको शुभारम्भ गरेको छ । महानगरभित्र जथाभावी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाच्ने लगाएतका काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरि ई- चलान प्रणालीको शुभारम्भ गरेको हो ।

महानगरले बर्जित गरेका कामहरुको जरिवाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरी क्युआर कोड सहितको ई- चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

 महानगरलाई डिजिटल रुपमा सेवा मैत्री बनाउने उदेश्यका साथै इ चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ । ई- चलान सुरु भएसँगै अब जरिवाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार