काठमाडौं, जेठ २९ :

स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्  ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार  सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।  निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई  अनुसन्धान  भइरहेको छ ।