शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सदन विधिअनुसार सञ्चालन गर्न हर्क साम्पाङको माग, संसद्को अवरोध हट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ जेठ, २०८३ मा प्रकाशित
सदन विधिअनुसार सञ्चालन गर्न हर्क साम्पाङको माग, संसद्को अवरोध हट्यो
काठमाडौं, जेठ २७ :

प्रतिनिधिसभामा उत्पन्न अवरोध श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्न समय दिएपछि हटेको छ।

यसअघि विपक्षी दलको हैसियतमा आफूहरूलाई पनि धारणा राख्न दिनुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसदको वेल घेराउ गरेका थिए। सभामुखले बोल्ने समय नदिएको भन्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए।

विवाद बढेपछि सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङलाई रोष्ट्रममा बोल्न समय दिएका थिए। रोष्ट्रममा उभिएर साम्पाङले सदनलाई विधि र नियमावलीअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले भने, “यो सदनलाई विधिबाट सञ्चालन गरियोस्, मेरो अनुरोध त्यति हो।”

संसद्‍मा श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ र नाराबाजी

साम्पाङले संसद सञ्चालनका क्रममा सबै दल र सांसदलाई नियमावलीअनुसार समान अवसर दिनुपर्ने धारणा राख्दै सदनको कार्य सञ्चालन प्रक्रियालाई थप व्यवस्थित बनाउन आग्रह गरेका थिए। उनको सम्बोधनपछि बैठकको अवरोध हटेको थियो। सभामुख अर्यालले त्यसपछि बैठकको नियमित कार्यसूची अगाडि बढाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार