
काठमाडौं, जेठ २७ :
रास्वपाले राखेको प्रस्तावमाथि छलफल गर्न सिंहदरबारमा विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन् । परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने, संसद् चल्न दिने वा नदिने भन्नेबारे साझा धारणा बनाउन विपक्षीहरूबीच छलफल भइरहेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले लगातार सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीले नै रोष्टममा उभिएर माफी माग्नु पर्ने अडान राखेका छन् ।
परराष्ट्र मन्त्रालयले उनको अभिव्यक्तिलाई सच्याए पनि उनीहरुले त्यसलाई स्वीकार गरेका छैनन् । विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन् ।