कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्न जोड दिएकी छन् ।
आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्यअनुसार कार्यसम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको औचित्यमाथि प्रश्न उठ्ने गरेको बताइन् ।
मन्त्री चौधरीले बोर्डका पदाधिकारी तथा कर्मचारीलाई संस्थाप्रति थप जिम्मेवार बन्दै दुग्ध क्षेत्रको समग्र विकास, उत्पादन वृद्धि, बजार व्यवस्थापन र किसानको हित संरक्षणका लागि सक्रियतापूर्वक काम गर्न निर्देशन दिइन् ।
दूग्ध विकास बोर्ड स्थापनाको उद्देश्य दुग्ध क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नु रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी