शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सुधन गुरुङलाई पुन: गृहमन्त्रीको जिम्मेवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
सुधन गुरुङलाई पुन: गृहमन्त्रीको जिम्मेवारी
काठमाडौं, जेठ २६ :

राजीनामा दिएको ४७ दिनपछि सुधन गुरुङ पुन: गृहमन्त्री बन्ने भएका छन्। शीतल निवासमा आज एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई शपथ गराए । 

सम्पत्ति छानबिन समितिले गुरुङलाई चोख्याएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुन: मन्त्री बनाएका हुन् । विवादास्पद व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित छानबिन समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्‍याएको छ। उनको सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई राज्यको कमजोर प्रणालीको रूपमा व्याख्या गरिदिएपछि गुरुङलाई गृहमन्त्रालयमा पुन : फर्किन सहज भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार