काठमाडौं, जेठ २६ :

प्रधानमन्त्री बालेन्द्र शाहले सुधन गुरुङको सम्पत्तिसम्बन्धी छानबिन समितिको प्रतिवेदन बुझेका छन् । गुरुङको सम्पत्ति विवाद सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिवेदन अध्ययन भएपछि गुरुङ पुन: गृह मन्त्रालयमा फर्किने र सपथ हुने बताइएको छ । तर मन्त्रिपरिषद्‍ले यस सम्बन्धमा  निर्णय गरिनसकेको उनले बताए ।

छानबिन समितिले गुरुङको सम्पत्तिसम्बन्धी कैफियत नदेखिएको तर केही प्रणालीगत समस्याहरु नीतिगतरुपमै हल गर्नुपर्ने सुझाव दिइएको छ । गुरुङको नाम विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएपछि उनको चौतर्फी विरोध भएको थियो । सोही क्रममा सम्पत्ति छानबिनको कुरा उठेपछि उनले पनि समितिलाई सहज हुने भन्दै मन्त्रीबाट राजीनामा दिएका थिए ।