बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं, जेठ २५ :

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले आज पनि सदन चल्न दिएका छैन् । सभामुख डीपी अर्यालले पटकपटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरु उभिए विरोध गर्न थालेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। 

प्रधानमन्त्रीले नेपालले पनि छिमेकी मुलुक भारतको सिमाना मिचेको भनी संसद्‌मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसद्‌मा आफ्नो विरोधलाई थप सशक्त बनाएका छन्। सभामुखले संसद्‌को नियमित कार्यसूचीमा प्रवेश गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै प्रतिपक्षी सांसदले प्रधानमन्त्री स्वयं आएर आफ्नो भनाइ नसच्याएसम्म संसद् चल्न नदिने अडान दोहोर्‍याएका छन्।

विपक्षी दलहरूले सरकारका कामकारबाही, प्रधानमन्त्रीको जवाफदेहिता र विनियोजन विधेयक (बजेट) का विषयमा असन्तुष्टि जनाउँदै सदन अवरुद्ध पारेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार