काठमाण्डौँ, साउन १८ : प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिनुभयो।
गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका हुन् ।
तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको उहाँले बताउनुभयो। गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
फोटो: प्युठान अस्पतालको फेसबुक पेजबाट
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’