शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

विद्युत् नियमन आयोगको अध्यक्षका लागि क-कसले दिए आवेदन?

अध्यक्षसहित चार सदस्य पदमा पदपूर्ति गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ जेठ, २०८३ मा प्रकाशित
विद्युत् नियमन आयोगको अध्यक्षका लागि क-कसले दिए आवेदन?
काठमाडौं, जेठ २२ :

विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् । सदस्य पदका लागि २२ जनाले आवेदन परेको छ । अध्यक्षसहित चार सदस्य पदका लागि १५ दिनको समयसीमा राखेर खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो ।  मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिले प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ।

आयोगको अध्यक्ष पदमा दरखास्त  दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार,मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी , डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र  डा. शान्तिकला सुवेदी रहेका छन् ।

सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार