चितवन, जेठ १९ :
गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।
घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि आज खोजी गर्दा राप्ती नदीकिनारमा मृतावस्थामा भेटिएको उनले जानकारी दिए । उनका अनुसार मृतकको खुट्टा गोहीले खाएको जस्तो देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’