बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

वीरगन्जका मेयर सिंहविरुद्ध थुनछेक बहस

अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता बनाउन सहयोग गरेको आरोप छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ जेठ, २०८३ मा प्रकाशित
वीरगन्जका मेयर सिंहविरुद्ध थुनछेक बहस
वीरगन्ज, जेठ १९ :

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा जिल्ला अदालत पर्सामा बयान सकिएको छ । अहिले केहीबेरमै थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ।

बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा तारेखमा छाड्नेबारे निर्णय गर्नेछ। अदालतको आदेशअनुसार प्रहरीले मंगलबार बिहान पर्साको ठोरीस्थित एक जंगल रिसोर्टबाट उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार सिंहमाथि नक्कली कागजात प्रयोग गरी अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ। सोही विषयमा उनीविरुद्ध लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ।

।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार