बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति
प्रतीकात्मक तस्बिर ।
झापा, जेठ १८ :

शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब रु छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो २ः१० बजेको समयमा प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन् । सो इनर्जी प्लान्ट शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको छ ।

प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए । आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब पाँच किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार