बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

संयुक्त राष्ट्रसङ्घको शरणार्थी पुरस्कार ब्राजिलीयाली भिक्षुणीलाई, नेपालकी गुरुङ पनि सम्मानित

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
संयुक्त राष्ट्रसङ्घको शरणार्थी पुरस्कार ब्राजिलीयाली भिक्षुणीलाई, नेपालकी गुरुङ पनि सम्मानित
जेनेभा, असोज २४ :

आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर) को नानसेन पुरस्कार जित्नुभएको छ । 

७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पुर्‍याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ । 

माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् । 

सम्मानित हुने चार व्यक्तित्व मध्येकी एक नेपाली चेली गुरुङ रहनुभएको छ । उहाँले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधारका लागि अभियान चलाउनुभएको थियो । 

“मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,” माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भन्नुभएको छ । 

रोमन क्याथोलिक भिक्षुणीले माइग्रेसन एण्ड ह्युमन राइट्स इन्स्टिच्युटलाई शरणार्थीको हक हितका लागि नडराईकन काम गर्न निर्देशन दिँदै भन्नुहुन्छ, “म काम गर्न डराउँदिन, यद्यपि हामीले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैनौँ। यदि मैले त्यसो गर्न सक्थेँ भने यसलाई प्राप्त गर्न म संसारलाई उल्टो पारिदिने थिए ।” 

यूएनएचसीआरले उहाँको कामको बारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकीलको रूपमा काम गर्नुभए उल्लेख गरेको छ । 

उहाँको कामले विशेष गरी ब्राजिलको १९९७ को शरणार्थी कानून निर्माणमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महत्वपूर्ण’ भूमिका खेलेको बताएको छ । 

उहाँले ब्राजिलको सन् २०१७ को आप्रवासन कानुनमा पनि यस्तै भूमिका खेल्नुभएको थियो । यो कानुनले ब्राजिलका विभिन्न समूहलाई एक ठाउँमा ल्याउने र सांसदहरूलाई परिचालन गर्ने काम भएको थियो।

बुर्किना फासोकी अधिकारकर्मी मैमौना बाले १०० भन्दा बढी विस्थापित बालबालिकालाई कक्षाकोठामा फर्कन मद्दत गर्नुभएको थियो । 

सिरियाली शरणार्थी र सामाजिक उद्यमी जिन डाभोद पनि क्षेत्रीयस्तरको राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

उहाँले हजारौं आघात पीडितहरूलाई लाइसेन्स प्राप्त चिकित्सकहरूसँग जोड्न अनलाइन प्लेटफर्म निर्माण गर्नुभएको थियो । 

सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाउने कामका लागि सुडानी शरणार्थी नाडा फाडोल पनि राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित हुनुभएको छ । जसले इजिप्टमा भागिरहेका सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाए।

मोल्दोभाका नागरिकले छिमेकी युक्रेनको युद्धबाट भागेर आएका १० लाखभन्दा बढी मानिसहरूलाई समायोजित गर्ने सामूहिक प्रयासका लागि पुरस्कृत गरिएको छ । 

माथि उल्लेखित सबै पुरस्कार आगामी अक्टोबर १४ मा जेनेभामा प्रदान गरिनेछ । एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार