शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

उज्यालो र हाम्रो पार्टी नेपालबीच एकता गर्ने सहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
उज्यालो  र हाम्रो पार्टी नेपालबीच एकता गर्ने सहमति
काठमाडौं, जेठ १५ :

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच एकताको सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

दुवै दलबीच पार्टी एकताका लागि सात बुँदे सहमति भएको जनाइएको छ। सहमतिपत्रमा पूर्ण एकता कायम गर्दै नेता तथा कार्यकर्ता व्यवस्थापनको प्रक्रिया छिटो अघि बढाउने उल्लेख गरिएको छ।

पार्टी एकतापछि साझा राजनीतिक एजेन्डा, संगठन विस्तार तथा आगामी कार्यक्रमहरू संयुक्त रूपमा अघि बढाइने दुवै पक्षले बताएका छन्।

श्रम संस्कृतिक पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो पार्टीलाई एकताको निम्ति पत्र पठाएको दुई दिनपछि नै उज्यालो पार्टी आफैं साना दलहरुलाई आफूसँगै जोड्दैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार