काठमाडौं, जेठ १४ :
‘बझाङको बाघ’को उपनामले सुपरिचित नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै रवीन्द्र सेमिफाइनल प्रवेश गरेका छन्। हजारौं नेपाली समर्थकहरू रविन्द्रलाई समर्थन गर्न पुगेका थिए । यो जितसँगै रोड टु यूएफसीमा फाइट जित्ने रवीन्द्र पहिलो नेपाली फाइटर समेत बनेका छन् ।
रविन्द्रले अब सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् । उनले गत वर्ष भारतको भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’