बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराध

रास्वपाका १७ सांसद्माथि कारबाहीको सिफारिस
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराध
काठमाडौं, जेठ १३ :

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

बुधबार जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले लामिछाने अनाधिकृतरूपमा कारागारबाट निस्कनु कानुनविपरीत मात्र होइन फौजदारी अपराधसमेत भएको जनाउँदै अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको हो । लामिछाने कारागारबाट बाहिर निस्कनुमा कारागारका प्रशासक सत्यराज जोशीको पनि संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएका रास्वपाका १७ सांसदमाथि पनि अनुसन्धान गर्न भनिएको छ । पार्टीका प्रवक्ता एवं सांसद मनिष झा,  हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, दीपक बोहरा, सुधन गुरुङ, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ । यसैगरी केन्द्रीय सदस्य खेमराज साउद र नेता हेमराज थापालाई पनि अनुसन्धानको दायरामा ल्याउन भनिएको छ ।

आन्दोलनपूर्व र प्रदर्शनपश्चात् अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असिममान बस्नेत, भाग्य न्यौपाने, टङ्क दाहाल, भिक्टर पौडेललगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार