कैलाली, जेठ ८ :

कैलालीमा तालिम गर्ने क्रममा सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको बताइएको छ ।

बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीलाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । बेहोस हुनेहरूमा जवान चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही, बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरुको उपचार भइरहेको छ । के कारण बेहोस भएका हुन् भन्ने बारेमा अनुसन्धान सुरु गरिएको छ ।