
प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गर्दै नाराबाजीसहित वेल घेराउ गरेका छन् ।
बिहीबार बसेको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधबीच प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्रीलाई विधेयक प्रस्तुत गर्न दिएपछी एमाले, नेकपा, राप्रपालगायत विपक्षी दलहरूका सांसदहरु वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् ।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै पहिलो बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएका थिए । विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री शाहलाई सदनमा विपक्षीको मागको बारेमा जानकारी गराउँदै सभामुखले सदनमा उपस्थितिका लागि आग्रह गर्दा सकारात्मक जवाफ नपाएपछि फर्केर संसद् बैठक सुरु गरेका हुन् ।