
अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ ।
बिहीबार विभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो । डिजिटल टाइम कार्ड कार्यान्वयन आएसंगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने लगाएत फाइदा सेवाग्राहीलाई हुने विभागले जनाएको छ ।
त्यस्तै कार्यालयतर्फ विभागमा जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने, तथ्याङ्क–आधारित कार्यसम्पादन मूल्याङ्कनका लागि आधार तयार हुने सेवा प्रवाहमा गति र दक्षता बृद्धिका साथै नागरिक विश्वास र पारदर्शीताको प्रवद्र्धन हुने विश्वास रहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले विभागको कार्यलाई छिटो छरितो बनाउन सवै कामलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको बताए ।
टिकट र भिसा भएका व्यक्तिलाई विमानस्थलबाट फर्काइने आफ्नै पैसामा पठाउने व्यवस्था समेत आफूले गरेको उनले बताए । सरकारको शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको बुँदा नंम्वर २३ मा सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउने योजना अनुसार बिभागले काम गरिरहेको महानिर्देशक तिवारीले बताए।