बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको शिखरमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ जेठ, २०८३ मा प्रकाशित
पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको शिखरमा
काठमाडौं, जेठ ७ :

सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छन् । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् ।

श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन्। श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन्। 

श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकी थिइन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार