बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

सरकार स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्न क्रियाशील छः अर्थमन्त्री

· मंगलबार, २३ असोज, २०८१ मा प्रकाशित
सरकार स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्न क्रियाशील छः अर्थमन्त्री
काठमाडौँ, असोज २३ :

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताउनुभएको छ।

आज अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औं क्षेत्रीय परिषद्को उद्‌घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताउनुभयो। 

उहाँले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो। 

यसैगरी उहाँले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका महत्वपूर्ण रहेको बताउँदै वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो। 

उहाँले श्रम सम्बन्ध सुधारका लागि श्रम सम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। 

नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताउनुभयो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार