शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

टीआरसी र बेपत्ता आयोग तत्काल सक्रिय बनाउन आङ्देम्बेको माग

संवेदनशील निकायमा पदाधिकारीहरूलाई बर्खास्त गरेर ‘संस्थागत रिक्तता’ सिर्जना गरेको आरोप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ जेठ, २०८३ मा प्रकाशित
टीआरसी र बेपत्ता आयोग तत्काल सक्रिय बनाउन आङ्देम्बेको माग
काठमाडौं, जेठ ६ :

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विभिन्न संवेदनशील निकायमा पदाधिकारीहरूलाई बर्खास्त गरेर ‘संस्थागत रिक्तता’ सिर्जना गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा देखिएको रिक्तताले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई थप अन्योलपूर्ण बनाएको बताएका हुन्। 

उनले सरकारले राजनीतिक भागबन्डाको आरोप लगाउँदै संवेदनशील संस्थाहरूलाई समेत खाली बनाउने रणनीति लिएको आरोप लगाए। साथै, ती संस्थाहरूलाई पूर्णता दिन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।

आङ्देम्बेले द्वन्द्वपीडितहरूले लामो समयदेखि न्यायको पर्खाइमा बस्नुपरेको उल्लेख गर्दै टीआरसी र बेपत्ता आयोगमा सक्षम, निष्पक्ष र विश्वसनीय व्यक्तिहरू नियुक्त गरी तत्काल सक्रिय बनाउन सरकारलाई आग्रह गरे। विस्तृत शान्ति सम्झौता भएको करिब दुई दशक बितिसक्दा पनि पीडितहरूले न्याय नपाउनु विडम्बनापूर्ण रहेको उनको भनाइ थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार