
काठमाडौं, जेठ ५ :
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै साँझ हुँदैछ । ६ बजेर १० मिनेटमा उनको शपथ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।
यसअघि आजै बसेको संसदीय सुनुवाइ समितिको उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।उनीमाथि परेका उजुरीबारे छलफल सकेपछि शर्माले न्यायपालिकामा व्यापक सुधार गर्ने प्रतिबद्धतासहित भावी कार्ययोजना सुनाएका थिए । उनले ३३ औं प्रधानन्याधीशको रुपमा आजै पदभार ग्रहण गर्नेछन्।
र यो पनि…
प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन
१८ महिनाभित्र अदालतमा रहेका मुद्दाहरु फर्स्यौट गर्ने शर्माको प्रतिबद्धता