
काठमाडौं, जेठ ५ :
श्रम संस्कृति पार्टीले आज पनि संसद् बैठकमा विरोध प्रदर्शन गरेका छन् ।
बिहान ११ बजे संसद बैठक सुरु हुनसाथ अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले प्ले कार्ड देखाउँदै विरोध जनाएका छन्। सोमबार पार्टीका सबै सांसदले प्ले कार्ड बोकेर वेल घेराउनै गरेका थिए भने आज साम्पाङ एक्लैले आफ्नै ठाउँमा उठेर प्ले कार्ड देखाएका थिए।
प्रधानमन्त्रीले संसदमा प्रश्नको जवाफ नदिएकोमा साम्पाङले सरकारप्रति असन्तोष व्यक्त गर्दै आएका छन् । साम्पाङले प्रधानमन्त्रीबाट जवाफको माग गर्दै संसदमा विरोध जारी राखेका हुन् ।