नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ। एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो।
टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो छन्। यसै गरी टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सीमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन् । वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ।बिदाइ कार्यक्रममा बोल्दै कप्तान ईन्दु वर्माले तयारी राम्रो भएका कारण राम्रो परिणाम लिएर फर्कने बताइन् ।
त्यसतै प्रशिक्षक हर्षल पाठकले टिमले धेरै मिहनेतका गरेका कारण राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। एसियन गेम्स क्वालिफायर यही मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा हुनेछ। एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन् भने बाँकी ४ टोली छनोट हुन बाँकी छ । यसैको लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’