बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी

सक्रिय न्युज · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी
काठमाडौं, वैशाख ३१ :

चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बताएका छन् । 

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको उनले बताए ।

बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, “उनले चीनले यो (अमेरिका इरानबीचको) युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन।”  

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उहाले स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उहाले भन्नुभएको छ ‘यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु।”

राष्ट्रपति ट्रम्प चीनको तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ पुगेका थिए भने उनी शुक्रबार चीनबाट स्वदेश फिर्ता हुनेछन् ।
–––

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार