शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

महाधिवशेनले रविलाई नै सर्वसम्मत रुपमा सभापति चयन गर्छ : महामन्त्री बुर्लाकोटी

महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
महाधिवशेनले रविलाई नै सर्वसम्मत रुपमा सभापति चयन गर्छ : महामन्त्री बुर्लाकोटी
काठमाडौं, वैशाख ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवशेनले रवि लामिछानेलाई नै सर्वसम्मत रुपमा सभापति चयन गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति पदमा लामिछाने नै दोहरिने बताएका हुन् । उनले पार्टीलाई बलियो र एकढिक्का बनाउदै देशलाई निकास दिनका लागि पनि नेतृत्वमा हानथाप गर्न उचित नहुने धारणा राखे । सभापति बाहेक अन्य विभिन्न पदमा आकांक्षी प्रस्तुत गर्नु स्वभाविक भएपनि औपचारिक रुपमा कुनै छलफल नभएको उनले बताए ।

उनले महाधिवेशनलाई सफल बनाउन उपसमिति बनाएर काम भइरकेको र तीव्र रुपमा तयारी अघि बढिसकेको बताए । रास्वपाले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार