
काठमाडौं, वैशाख ३१ :
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका संसद्हरुले आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे । आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि सदनमा छलफल चलिरहँदा प्रधानमन्त्री कुन कुनामा बसिरहेका छन् भन्दै सांसदहरुले प्रधानमन्त्रीको गैरजिम्मेवारीप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री किन संसद् फेस गर्न चाहँदैनन् भन्ने आम मानिसमा चासो बढ्दै गएको । पहिलो चरणको बैठकमा उनले एक शब्द पनि बोलेनन् र दोस्रो तथा बजेट अधिवेशनमा पनि बोल्न नपरोस् भन्ने पक्षमा उनी देखिन्छन् भन्ने कुरा पछिल्ला दिनमा संसद् बैठकप्रतिको वेवास्थाले प्रष्ट भइसकेको छ । स्रोतका अनुसार उनी बैठकमा नगए पनि उनले संसद्मा भइरहेका गतिविधि भने नजिकबाट नियालिरहेका छन् ।