काठमाडौं, वैशाख ३१ :
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।
विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो ।अध्यादेश जारी हुनुअघि नै त्रिविका उपकुलपतिका प्राडा. दीपक अर्यालले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
अध्यादेशबाट पदमुक्त हुनुअघि नै विश्वविद्यालयको उपकुलपतिसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालयको उपकुलपतिका लागि गठित सिफारिस समितिले आवेदन दिन १० दिनको समय दिइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी