शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

सुकुम्वासीलाई फास्ट ट्रयाकमा लालपुर्जा, नपाउँदासम्म मासिक १५ हजार घरभाडा दिने

सुकुम्वासीलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
सुकुम्वासीलाई फास्ट ट्रयाकमा लालपुर्जा, नपाउँदासम्म मासिक १५ हजार घरभाडा दिने
काठमाडौं, वैशाख ३१ :

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरमा अहिलेसम्म कुनै समिति अनुमनमा नपुगेको जानकारी प्राप्त भएकाले बनेपा लगाएतका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरिएको सभापति हरि ढकालले जानकारी दिए।

बैठकमा काठमाडौँको भूमिहीन सुकुम्बासी व्यवस्थापनमा सरकारले गरिरहेको कार्यका बिषयमा सहरी विकास मन्त्रालय लगाएत सरोकारवाला निकायसंग छलफल गरिएको थियो । छलफलका क्रममा भूमिहीन, सुकुम्वासीलाई स्क्रिनिंग पश्चात फास्ट ट्रयाकमा लालपुर्जा बितरण गर्ने र लालपुर्जा प्राप्त नभएसम्म मासिक १५ हजार घरभाडा दिने तयारी भएको जानकारी आएको सभापति ढकालले बताए ।

बैठकमा सांसदहरुले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका बालबालिकाको पठनपाठनका बिषयमा चासो व्यक्त गरेका थिए । सो क्रममा सरकारले स्कूल बसहरू उपलब्ध गराएको, सुत्केरीहरूको पोषणका विषयमा उचित व्यवस्था प्रबन्ध गरेको जानकारी आएको सभापति ढकालले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार