बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ: सी जिनपिङ

सीको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई महान नेताको संज्ञा दिँदै दुई महाशक्तिबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताएका छन्।
सक्रिय न्युज · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ: सी जिनपिङ
काठमाडौं, वैशाख ३१ :

चीनका राष्ट्रपति सी जिनपिङले  बेइजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग हुने उच्चस्तरीय वार्ताअघि चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्ने बताएका छन्।

यसको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई महान नेताको संज्ञा दिँदै दुई महाशक्तिबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताएका छन्।

यद्यपि, दुई नेताबीच हुने वार्तामा व्यापारिक शुल्क ट्यारिफ, प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध तथा ताइवानजस्ता संवेदनशील विषयहरूमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

भेटवार्ताअघि बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल बाहिर रातो कार्पेटमा राष्ट्रपति सी जिनपिङले ट्रम्पसँग हात मिलाएका थिए। उनीहरूलाई स्वागत गर्न बालबालिकाहरूले उत्साहपूर्वक अभिवादन गरेका थिए भने दुवै नेताले सैनिक दस्ताको निरीक्षण पनि गरेका थिए।

ट्रम्पसँगै बेइजिङ पुगेका प्रतिनिधिमण्डलमा एलन मस्क तथा जेनसेन हुआङ जस्ता प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरू पनि सहभागी छन्। भ्रमणअघि ट्रम्पले चीनलाई अमेरिकी उद्योगका लागि “थप खुला” बनाउन आग्रह गर्ने बताएका थिए।

सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा पुगेका ट्रम्पले अहिले अझ शक्तिशाली र आत्मविश्वासी चीनको सामना गरिरहेका छन्, जसले आफूलाई विश्वसामु स्थिर वैश्विक शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ।

दुवै नेताले आज साँझ आयोजना हुने राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार