शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

कांग्रेस नेता आङ्देम्बेले भने- प्रधानमन्त्रीलाई बधाई दिऊँ कि दुःख व्यक्त गरुँ ?

गृहमन्त्रीमाथि लागेका संगीन आरोपहरुको छानबिन किन भएन?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ वैशाख, २०८३ मा प्रकाशित
कांग्रेस नेता आङ्देम्बेले भने- प्रधानमन्त्रीलाई बधाई दिऊँ कि दुःख व्यक्त गरुँ ?
काठमाडौं, वैशाख २९ :

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा शङ्का उत्पन्न भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले संसद छलेर अध्यादेश ल्याउने काम गरेर सरकारले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको समेत बताए । अस्वभाविक र असंसदीय शासनशैलीको कांग्रेसले समर्थन गर्न नसक्ने उनले बताए । उनले अरुलाई भ्रष्टाचारको एकोहोरो आरोप लगाउने रास्वपाले आफ्नै नेतृत्वको सरकारका तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरुको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? भन्दै प्रश्न गरे ।

सुशासन र भ्रस्टाचार नियन्त्रणको एजेण्डामा बनेको नयाँ सरकारको नीति तथा कार्यक्रममा धेरै कुरा नयाँ जस्ता शब्दावली थपिए पनि सारमा पुरानै कुरा रहेको उनले बताए । उनले अब आउने बजेट सपना बाँड्ने नभइ परिणाममुखी बनाउन प्राथमिकताहरुका आधारमा निर्मम खालको हुन जरुरी रहेको धारणा राखे । आङ्देम्बेले सरकारको सबैभन्दा प्राथमिकतामा परेको संविधान संशोधन विषयमा समेत स्वयं सरकार संवेदनशील हुन नसकेको आरोप लगाए । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा पूर्व न्यायशीशको संयोजकत्वमा अधिकार सम्पन्न विज्ञसहित सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने उनले बताए ।

उनले आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा देशको प्रधानमन्त्री बिचैमा उठेर हिड्नु उचित नभएको धारणा राखे। स्वास्थमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने तत्काल स्वास्थ परिक्षण गरेर संसदलाई जानकारी गराउन उनले माग गरे। उनले प्रधानमन्त्री अनुस्थितिले राज्य व्यवस्था समिति बैठक समेत प्रभावित भएको भन्दै आपत्ति जनाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार