शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार स्वास्थ्य

नेपाल चिकित्सक सङ्घको अध्यक्षमा डा रिजाल निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
नेपाल चिकित्सक सङ्घको अध्यक्षमा डा रिजाल निर्वाचित
काठमाडौं, वैशाख २२ :

नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ ।

मंगलबार सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए । डा रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी र महासचिवमा डा विश्वराज दवाडी विजयी भए । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।

कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् । सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार