बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

सक्रिय न्युज · शुक्रबार, १८ वैशाख, २०८३ मा प्रकाशित
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
कास्की, वैशाख १८ :

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार बालक तालमा डुबेर बेपत्ता भएको सूचनापछि कालिका गणबाट प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो । सो उद्धार टोलीले खोजीका क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकामा दिउँसो करिब १२:१५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक सिंहले बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार