बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ वैशाख, २०८३ मा प्रकाशित
accident-nepali
प्रतीकात्मक तस्बिर
झापा, वैशाख १७ :

झापाको कचनकबल गाउँपालिका–३ मा  विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।  दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भइ बस पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सो दुर्घटनामा बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका छन् ।

घाइते ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार