बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

वार्ताका लागि अमेरिकी प्रतिनिधिहरू आज इरान जादै, भेटघाटको कुनै योजना नरहेको इरानको भनाई

सक्रिय न्युज · शनिबार, १२ वैशाख, २०८३ मा प्रकाशित
वार्ताका लागि अमेरिकी प्रतिनिधिहरू आज इरान जादै, भेटघाटको कुनै योजना नरहेको इरानको भनाई
काठमाडौं, वैशाख १२ :

इरानका विदेश मन्त्री अब्बास अराघाची अहिले पाकिस्तानमा रहेपनि अमेरिकी र इरानबीच प्रत्यक्ष भेटघाटको कुनै योजना नरहेको विदेश मन्त्रालयका प्रवक्ता इसमाइल बागेईले बताएका छन्।

अराघचीले पाकिस्तानका उच्चस्तरीय अधिकारीहरू सँग भेट गर्नेछन्।

यसैबीच इरानी सरकारी सञ्चारमाध्यमहरूले इस्लामाबादले द्वन्द्व अन्त्यका लागि इरानको धारणा सन्देश पुर्‍याउने पुलको रूपमा काम गर्न सक्ने बताएका छन्।

व्हाइट हाउसका अनुसार अमेरिकी विशेष दूत स्टेभ विटकोफ र जारेड कुसनर आज इरानसम्बन्धी वार्ताका लागि पाकिस्तान जाँदैछन् भने उपराष्ट्रपति जेडी भान्स आवश्यक परे सहभागी हुन तयारी अवस्थामा छन्।

अब मुख्य प्रश्न भनेको पाकिस्तानमा कति प्रगति हुन सक्छ भन्ने रहेको छ ।
यसैबीच इजरायली सेना र हिजबुल्लाहबीच झडप जारी छ र दुबै पक्षले हालै थपिएको युद्धविराम उल्लङ्घन गरेको आरोप एक अर्कामाथि लगाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार