काठमाडौं, वैशाख ११ :
काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको र उनीहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ । सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी