बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थपिएपनि इरानसँगको सम्झौतामा हतार गर्ने छैन :ट्रम्प

सक्रिय न्युज · शुक्रबार, ११ वैशाख, २०८३ मा प्रकाशित
इजरायल–लेबनान युद्धविराम तीन हप्ताका लागि थपिएपनि इरानसँगको सम्झौतामा हतार गर्ने छैन :ट्रम्प
काठमाडौं, वैशाख ११ :

इजरायल लेबनानबीचको युद्धविराम तीन हप्ताका लागि थपिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्  । जुन व्हाइट हाउसमा भएको वार्तापछि सम्भव भएको हो।

तर दीर्घकालीन शान्ति सम्झौता हासिल गर्नु चुनौतीपूर्ण छ र हिजबुल्लाहलाई निःशस्त्र बनाउन वाशिङ्टनबाट अझ धेरै सहयोग आवश्यक पर्ने बताईएको छ ।

यसअघि अमेरिकी राष्ट्रपतिले इरानको सभ्यता प्रति दिएका धम्कीबारे  म जे गरिरहेको छु, त्यो धेरै राम्रोसँग काम गरिरहेको जस्तो देखिन्छ भने।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने विषयमा म हतार गर्न चाहन्न भने ।

यसैबीच अमेरिकी सेनाले भारतीय महासागरमा इरानी तेल बोकेको एउटा जहाज नियन्त्रणमा लिएको जनाएको छ। ट्रम्पले अमेरिकासँग होर्मुज जलमार्ग पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्।

इरानमा भने शीर्ष नेताहरूले ट्रम्पले देशको नेतृत्वबीच आन्तरिक विवाद भएको दाबी गरेपछि फलामे एकता रहेको बताएका छन्।

इजरायलका रक्षा मन्त्रीले अमेरिका तयार भएमा इरानसँग पुनः युद्ध सुरु गर्न सक्ने चेतावनी दिएका छन् र इरानलाई ढुंगे युगमा फर्काइदिने धम्की दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार