शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
समाचार

विपद् आउनु अघि नै व्यवस्थापनको तयारीमा जुट्न निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० वैशाख, २०८३ मा प्रकाशित
विपद् आउनु अघि नै व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
काठमाडौं‌, वैशाख १० :

विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न राष्ट्रियसभाका सदस्यहरुले निर्देशन दिएका छन् । राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा विपद्जन्य जोखिमको न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका विषयमा छलफलका क्रममा सो निर्देशन दिइएको हो । समितिका सभापति जयन्तीदेवी राईले अब मनसुन सुरु भएसँगै बाढीपहिरो जस्ता विपद्का घटना घटन सक्ने सम्भावना हुँदा त्यसको नियन्त्रणका लागि पूर्वतयारी जरुरी रहेको बताइन् । सभापति राईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् आउनु अघि नै व्यवस्थापनको तयारी गर्न निर्देशन दिइन् ।

बैठकमा समितिका सदस्यहरु ललितजङ्ग शाही, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गा गुरुङ, विष्णुकुमारी सापकोटा, धर्मेन्द्र पासवानलगायतले विपद् न्यूनीकरणका लागि जोखिम कम गर्ने कार्य योजना बेलैमा सुरु गर्नुपर्ने बताएका थिए । समितिका सदस्य पासवानले मधेस सुक्खा, बाढी, आगलागी, हावाहुरी, शितलहर लगायतका प्राकृतिक प्रकोपको जोखिममा पर्ने हुँदा बेलैमा प्रभावकारी कार्य योजना बढाउन सुझाव दिए ।

उनले भने, “सकेसम्म विपद् आउनु अघि नै हुन नदिने तयारीमा जोड दिनुपर्छ । भइसकेपछि व्यवस्थापनमा राहतको विषय प्राथमिकतामा राख्नुपर्छ ।”

समितिको बैठकमा उपस्थित गृह सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनका लागि विगतमा गरिएका प्रयास र यो वर्ष गर्न लागिएको तयारीबारे समितिमा ब्रिफिङ गरे । यसै क्रममा उनले विगतको तुलनामा गत वर्ष विपद्का कारण मानवीय क्षति कम भएको जानकारी दिए ।

कार्यकारी प्रमुख भट्टले यसलाई सकारात्मक शिक्षाको रुपमा ग्रहण गर्दै आगामी विपद् जोखिमबाट सुरक्षित हुन प्राधिरकणले कार्य योजना बनाइसकेको बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तह र त्यहाँका सरोकारवाला एवं सङ्घसंस्थासँग प्रत्यक्ष सहकार्य गरेर विपद् जोखिमका बेला अपनाउनु पर्ने आधार तयार गर्दै आएको सुनाए ।

सूचना संयन्त्रलाई व्यापक बनाउने, जनचेतना विस्तार गर्न सञ्चार माध्यमको प्रयोग बढाउनेदेखि विपद्सम्बन्धी सचेतना जगाउन विद्यालय पाठ्यक्रममा विषय समेट्नेलगायत दीर्घकालीन कार्य योजना बनाएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार