शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेखेका छन्, “पाकिस्तानले इस्लामावादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।”
तरारले भनेका छन्, “पाकिस्तानले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ र तेहरानसँग निरन्तर सम्पर्कमा छ । पाकिस्तानले कूटनीति र संवादलाई निरन्तरता दिइरहेको छ।” उनले दुई हप्ताको युद्धविरामको समयसीमा अघि नै वार्तामा भाग लिने इरानको निर्णय हुनु महत्वपूर्ण रहेको बताए ।
उनले थपे, “पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको वार्तामा सामेल हुन मनाउन गम्भीर प्रयास गरेको छ र यी प्रयासहरू जारी छन्।”
वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल भने मङ्गलबार इस्लामावाद आइपुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै