काठमाडौं, वैशाख ८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूमा समानुपातिकका सांसदहरूलाई जिम्मेवारी तोकेको छ । 

आइतबार बसेको सचिवालय बैठकले ४० क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

‘पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको बुर्लाकोटीले बताए ।