काठमाडौं, वैशाख ७ :
संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए ।
दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले सङ्घीय संसद् सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताए । समिति सभापतिहरुले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै समितिका गतिविधि अघि बढाउने बताए । यस अवसरमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको उपस्थिति रहेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’