बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

लुइजियानामा एक बाबुले आफ्ना सात सन्तानसहित आठ बालकालिकाको हत्या गरे

सक्रिय न्युज · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
लुइजियानामा एक बाबुले आफ्ना सात सन्तानसहित आठ बालकालिकाको हत्या गरे
काठमाडौं, वैशाख ७ :

एक बुबाले अमेरिकाको लुइजियाना राज्यको श्रेभपोर्टमा भएको सामूहिक गोलीकाण्डमा आफ्ना सात सन्तान र एक असम्बन्धित बालकको हत्या गरेका छन्।

प्रहरीले यसलाई घरेलु विवाद को घटना भनेको छ।

ती बालबालिकाको उमेर एक वर्षदेखि १४ वर्षसम्मका थिए।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे गोली चल्न सुरु भएको थियो। श्रेभपोर्ट प्रहरी विभागका प्रवक्ता क्रिस बोर्डेलोनका अनुसार संदिग्धले १० जनामाथि गोली चलाएपछि चोरीको कारमा फरार भएका थिए। पछि प्रहरीले पछ्याएर उनलाई गोली हानी मारेको थियो।

दुई वयस्क महिला जसमा बालबालिकाकी आमा पनि परेकी छन् गम्भीर अवस्थामा छन्।

श्रेभपोर्ट मेयरका सञ्चार निर्देशक लेइ एन् एभेन्स्कीका अनुसार संदिग्धको पहिचान शमार एल्किन्सका रूपमा गरिएको छ।

प्रहरीका अनुसार संदिग्धले सुरुमा सडकमा एक महिलामाथि गोली चलाए र त्यसपछि नजिकैको घरमा गएर आठ बालबालिकाको हत्या गरे  ।  जसमा एक जना उनको आफन्त थिएनन्।

एक पीडित भागेर नजिकैको घरमा पुगे र त्यहाँबाट प्रहरीलाई खबर गरे।

प्रहरीले हमलाकारी एक्लै रहेको जनाएको छ। नवौँ बालक छतबाट हाम फालेर जोगिएका छन् र उनी अस्पतालमा उपचाररत छन् बोर्डेलोनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार