बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
विदेश

म्यानमारका पूर्वराष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
म्यानमारका पूर्वराष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती
याङ्गुन, वैशाख ४ :

सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ । त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजायँ पनि घटाएको उनीको निकट स्रोतले जनाएको छ ।

मिन्ट र ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीले एक दशक लामो नागरिक शासनको प्रयोगमा म्यानमारको नेतृत्व गरेका थिए । सन् २०१८ देखि सेवा गरेका पूर्व राष्ट्रपतिलाई सैन्य शासनपछि सजाय सुनाइएको र शुक्रबार रिहा गरिएको उनको पार्टीका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी गराएका छन् ।

यसैबीच, सुकीलाई हिरासतमा राखिएको छ । अधिकारवादी समूहहरूले उनको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई कमजोर पार्ने राजनीतिक रूपमा प्रेरित मुद्दामा सुकीलाई हिरासतमा राखिएको भए पनि उनको सजाय कटौती गरिएको सुकी निकट स्रोतले जनाएको छ।

सुरक्षाका कारण नाम नबताउने सर्तमा नेतृ सुकीको कानुनी मुद्दासँग निकट एक स्रोतले एएफपीसँग भन्यो, “सुकीको २७ वर्षको जेल सजाय आममाफीको एक हिस्साका रूपमा काटिएको हो ।”

स्रोतका अनुसार सुकीको सरकारलाई अपदस्थ गर्ने र गत हप्ता नागरिक राष्ट्रपतिको रूपमा शपथ लिने ‘कु’ पक्षधर नेता मिन आङ ह्लाइङले घोषणा गरेको ४० वर्षभन्दा कम सजायको बाँकी अवधिलाई छ भागको एक भाग घटाउने सामूहिक आममाफीको आदेश अन्तर्गत नेतृ सुकीको सजाय कटौती लागु हुन्छ ।

रूपान्तरण आदेशअघि उनले कति जेल सजाय भुक्तानी गरेकी थिइन् भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले ’कू’ पछि अन्यायपूर्ण रूपमा पक्राउ परेका सबैलाई तत्काल र बिना सर्त रिहा गरिनु पर्ने बताएका छन्।

मिन्टले राष्ट्रपतिको रूपमा तत्कालिन सरकार प्रमुख सुकीको नेतृत्वमा संवैधानिक भूमिकामा जिम्मेवारी सम्हालेका थिए जसलाई सैन्य मस्यौदा संविधान अन्तर्गत शीर्ष पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो।

वर्तमानु राष्ट्रपति ह्लाइङको कार्यालयले जारी गरेको आधिकारिक वक्तव्यमा उहाँले मिन्टलाई माफी दिएको उल्लेख गरिएको छ, जसलाई सुकीजस्तै धेरै अपराधमा दोषी ठहर गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार