शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
समाचार शिक्षा

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
काठमाडौं, वैशाख ४ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।

शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्दै उनले सरकारले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गनर्दै सुधारका लागि सकारात्मक प्रयास थालनी गरेकाले उपर्युक्त सुझाव र सहयोगका लागि आग्रह गरेका छन् ।

“शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूले देखिएका राम्रा/नराम्रा विषयहरू निरन्तर बाहिर ल्याउनुपर्छ । हामीले कहिलेकाँही बाटो बिराउन पनि सक्छौँ । त्यस्तो बेलामा खबरदारी गर्नुपर्छ । बाटो बिराइएको ठाउँमा हामी सच्चिएर पनि जानुपर्ने हुन्छ”, मन्त्री पोखरेलले भन्नुभयो । उनले शिक्षा पत्रकार समूहको आग्रह बमोजिम ‘शिक्षाका लागि सञ्चार रणनीति, २०६५’ सम्बन्धी आवश्यक अध्ययन गरी सोको समीक्षा र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पोखरेललाई समूहका अध्यक्ष निर्जला कक्षपतिले लामो समयदेखि रोकिएको विद्यालय शिक्षा विधेयक परिमार्जनसहित बजेट अधिवेशनमा ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को कार्यान्ववयन हुन बाँकी विषयहरू कार्यान्वयन, शिक्षामा लगानी बृद्धि, शिक्षाका लागि सञ्चार रणनीतिको कार्यान्वयन, शिक्षा पत्रकारितामा अध्ययन तथा शोधवृत्तिको प्रबन्धलगायत कार्यक्रम सञ्चालन गर्नेलगायत विभिन्न बुँदे सुझावपत्र हस्तान्तरण गरिन् ।

भेटमा समूहका पूर्वअध्यक्षहरू प्रकाश सिलवाल, सुदर्शन सिग्देल, तुला अधिकारीलगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार