बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ वैशाख, २०८३ मा प्रकाशित
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौं, वैशाख ३ :

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनमा गम्भीर असर परेको उल्लेख गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘बाँच्न दे सरकार’, ‘मन्त्रीहरूको सुनैसुन, जनतालाई छैन खाने नुन’ र ‘बालेन सरकार, मूल्यवृद्धि उपहार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

विद्यार्थी नेताहरूले सरकार जनताको समस्याप्रति संवेदनशील हुनुपर्ने र मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। उनीहरूले माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार